दफा ६५५
मृतकको सद्गत गर्दाको खर्च हकदारले शोधभर्ना गर्नु पर्नेः

कुनै व्यक्तिको मृत्यु भई निजको रीत, परम्परा तथा संस्कार अनुसार गर्नु पर्ने सद्गत मृतकको हकदार वा नजिकको नातेदारको जानकारी बिना अन्य कुनै व्यक्तिले गरी त्यसरी सद्गत गर्दा लागेको खर्च त्यस्तो व्यक्तिले दाबी गरेमा मृतकको नजिकको हकदार र निज नभए नातेदारले त्यस्तो खर्च निजलाई शोधभर्ना गर्नु पर्नेछ ।